गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरमा यही फागुन ६ गतेदेखि महाशिवरात्री पर्वको अवसरमा लागेको मेलाबाट संकलित भएको फोहोर मैलाको नगरपालिकाले व्यवस्थापन गरेको छ ।
रेडियो चौलानी टुडे र सेतीकाली डटकम अनलाइनमा ‘शैल्यशिखर नगरपालिकाले मेलामा पसल थापेकाबाट टेक्स उठायो, फोहोर उठाएन्’ भन्ने शिर्षकको समाचार प्रशारण तथा प्रकाशन गरेपछि नगरपालिकाले फोहोर उठाई जलाएको हो ।अहिले मेलामा पसल थापेका ठाउँ लगायत तहाँको क्षेत्र चिटिक्क परेकोे छ ।

मेलमा व्यापार व्यवसाय गर्न दार्चुला,बैतडी, डडेल्धुरा, कैलाली, कञ्चनपुर लगायत भारतको विभिन्न ठाउँबाट नागरिकहरु आएका थिए । मेला सकिएको ४,५दिनसम्म पनि नगरपालिकाले फोहोर नउठाएपछि सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रशारण भएका थिए । समाचार प्रशारण भएलग्त्तै नगरपालिकाले त्यस क्षेत्रको फोहोरको व्यवस्थापन गरेको हो ।
गोकुलेश्वर बजारको फोहोर उठाएन
तर नगरपालिकाले गोकुलेश्वर बजारको फोहोर भने अझै सम्म उठाएको छैन् । जिल्लाको दोस्रो मुख्य ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम रहेको गोकुलेश्वर बजारबाट संकलित फोहोर मैलाको उचित व्यवस्थापन नहुँदा अहिले बजार निकै दुर्गन्धीत बनेको छ । नगरबासीले जथाभावी फोहोर फाल्ने गरेका कारण समस्या सिर्जना भएको हो ।

बजार क्षेत्रमा थुप्रिएको कुहिने र नकुहिने फोहोर खुलेआम बजार,चमेलिया पुलको बिचमा,सडक र नदी, खोलाको छेउमा जथाभावी फालिएको छ । घर तथा होटल सञ्चालनबाट संकलित भएको फोहरको व्यस्थापन नभएकै कारण धेरै समस्या भोग्नुपरेको गोकुलेश्वरका स्थानीयले गुनासो गरेका छन् ।
बजार र सार्वजनिक स्थानमा फोहरको थुप्रो लाग्दासमेत नगरपालिकाले फोहर व्यस्थापनको लागि कुनै कार्य अगाडि बढाउन सकेको छैन् ।नगरपालिका फोहरको व्यवस्थापन गर्न चुकेको स्थानीयले आरोप छ । फोहोर व्यवस्थापन गर्नका लागि नगरपालिकाले फोहर बोक्ने गाडी,कर्मचारी समेत राखेको भए पनि नगरपालिकाले फोहोर फाल्ने स्थान अभाव देखाउँदै पन्छिँदै आएको छ ।
नगपालिकाले विभिन्न वडाका स्थानमा अहिले डम्पिङ साइडको छनोटको गरिरहेको र कुन चाहिँ उपयुक्त हुन्छ भन्नेबारे अझै नगरपालिकाले निर्णय लिन सकेको छैन् । बजारमा फोहर कुहिएर दुर्गन्धित भएपनि फोहोर लिन नगरपालिकाको गाडी करिब ५ महिना अगाडी एकपटक मात्र आएको यहाँका स्थानीय बताउँछन् ।
वातावरण सन्तुलन राख्न नगरपालिकाले मुख्य चासो दिनुपर्नेमा नगरपालिका आफैँ मुकदर्शक बनेकाले तत्काल फोहोर व्यवस्थापनको आशा टरेको स्थानीयको भनाई छ ।
यी हुन् सम्बन्धीत समाचारहरु : शैल्यशिखर नगरपालिकाले टेक्स उठायो फोहोर उठाएन !
गोकुलेश्वर बजार फोहोरले दुर्गन्धित,व्यवस्थापनमा नगरपालिका मौन
दार्चुलाको गोकुलेश्वर बजार फोहोरले अस्तव्यस्त,स्थानीय सरकारले व्यवस्थापन गर्नमा चाँसो देखाएन
फोहोरले अस्तव्यस्त ‘गोकुलेश्वर’



