No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वरमा सम्पन्न लिपुलेक कपको उपाधि बस्कोट सुपर किङलाई

गोकुलेश्वर ।  दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित गोकुलेश्वर विमानस्थलमा सञ्चालन भएको प्रथम लिपुलेक कपको उपाधि बस्कोट सुपर किङले जितेको छ।

कार्तिक १० गतेदेखि १३ गतेसम्म (आज) सञ्चालन भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बस्कोट सुपर किङ प्रथम स्थान हासिल गर्न सफल भएको हो।

pm office

त्यस्तै, महादेव युवा क्लब डोकट, व्यास द्वितीय भएको छ भने लेकम गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ।

प्रतियोगितामा प्रथम , दितीय र तृतीय टोलिले क्रमशः रु.२,२१,२२१ , रु.१,११,१११ र रु. ५१,१५१ नगद प्राप्त गरेको आयोजकले जनाएको छ।

जागृति युवा समाज शर्मोली तथा लिपुलेक ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटन गर्न तथा खेलकुदप्रति युवाहरूको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.