No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर नगरपालिकाले टेक्स उठायो फोहोर उठाएन !

गोकुलेश्वर। दार्चुलाको दोस्रो ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारबाट संकलित फोहोर मैलाको उचित व्यवस्थापन नहुँदा बजार निकै दुर्गन्धीत बनेको छ ।

घर तथा होटल सञ्चालनबाट संकलित भएको फोहरको व्यस्थापन नभएकै कारण बढ्दो बजारीकरणसँगै नगरपालिकाले फोहोर व्यवस्थापन नगर्दा लामो समयदेखि बजार क्षेत्र दुर्गन्धित बन्दै गएको हो । नगरबासीले जथाभावी फोहोर फाल्ने गरेका कारण समस्या सिर्जना भएको छ ।

शैल्यशिखर नगरपालिका –९ गोकुलेश्वर बजार क्षेत्रमा फगुन ६ गतेदेखि लागेको शिबरात्रि मेला हेर्न र ब्यपार का लागि विभिन्न ठाउँबाट यहाँ आउने गर्दछ्न तर नगर पालिकाले प्रति पसल बाट १०० देखि १००० सम्म का दरले मेला अवदिभर पसल सन्चालन गरेबापत टेक्स उठाएको भए पनि मेला सकिएको आज ६ दिन बितिसक्दा सम्म पनि नगर पालिकाले बजारको फोहोर उठाउन सकेको छैन ।

थुप्रिएको कुहिने र नकुहिने फोहोर खुलेआम बजार,चमेलिया पुलको बिचमा,सडक र नदी, खोलाको छेउमा जथाभावी फालिएको छ । गोकुलेश्वरका स्थानीयले धेरै समस्या भोग्नुपरेको गुनासो गरेका छन् । बजार क्षेत्रका घर,पसलबाट निस्किने फोहोर खुलेआम चमेलिया पुलबाट चौलानी नदीमा फालिरहेका छन । बजार र सार्वजनिक स्थानमा फोहरको थुप्रो लाग्दासमेत नगरपालिकाले फोहर व्यस्थापनको लागि कुनै कार्य अगाडि बढाउन सकेको छैन् ।

सडकछेउमा थुपारिएको गोकुलेश्वर बजारको फोहर 

You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.