No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको गोकुलेश्वरमा बैशाख १० गते देखि रामलिला महायज्ञ शुरु हुदै

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर –९ गोकुलेश्वरमा गोकुलेश्वर रामलिला समितिको आयोजनामा बैशाख १० गते (भोलि )देखि रामलिला महायज्ञ लाग्ने भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ स्थित गोकुलेश्वर एयरर्पोटमा सञ्चालन हुने रामलिला महायज्ञको तयारी पूरा भएको गोकुलेश्वर रामलिला समितिका अध्यक्ष कर्ण भण्डारीले जानकारी दिए ।

pm office

भोलि बेलुका एक कार्यक्रमका बिच रामलिला महायज्ञको औपचारिक उद्घाटन गरिने आयोजक समितिले जनाएको छ ।
बैशाख २५ गते सम्म लाग्ने महायज्ञको अवसरमा धार्मिक प्रवचन, रामायण वाचन, रामलिला नाटक, सांस्कृतिक प्रस्तुति लगायतका विविध कार्यक्रमहरू सञ्चालन गरिने रामलिला आयोजक समितिका अध्यक्ष भण्डारीले बताए ।

सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मप्रेमी समुदाय र स्थानीयवासीलाई यो ऐतिहासिक अवसरमा सहभागी भई धर्म र संस्कृतिको संरक्षणमा हातेमालो गर्न आयोजक समितिले अनुरोध गरेको छ ।

यस अघि २०७२ साल मङ्सिर महिनामा सोही ठाउँमा दर्पण ग्रुप तथा चौलानी मिडिया संचालित सस्था तेस्रो पुस्ता नेपाल र २०८२ बैशाखमा चौलानी सभ्यता समाजले रामलिला महायज्ञ आयोजना गरेको थियोे ।

 

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.