No.1 News Portal from Sudurpashchim Province
bajaj

संस्कृत शिक्षाको विस्तार गर्ने उद्देश्यले बैतडीमा संस्कृत गुरुकुल सञ्चालन

गोकुलेस्श्वर । संस्कृत शिक्षाको विस्तार गर्ने उद्देश्यले बैतडीमा संस्कृत गुरुकुल सञ्चालन गरिएको छ।

 

pm office

जिल्लाको दशरथचन्द नगरपालिकाको ग्वाल्लेक धाम नजिक शिवस्थलीमा ‘शिवशक्ति वेद–वेदाङ्ग संस्कृत गुरुकुलम्’ सञ्चालन गरिएको हो।

 

सनातन परम्पराको जगेर्ना गर्ने, संस्कृत शिक्षाको विस्तार गर्ने र सुयोग्य नागरिक उत्पादन गर्ने लक्ष्यसहित गुरुकूल सञ्चालन गरिएको संस्थाका संरक्षक एवं निङ्गलाशैनी भगवती मन्दिरका पूजारी लोकराज भट्टले बताए। गुरुकूल सञ्चालनका लागि स्थानीय समाजसेवी शङ्कर बोहराले जग्गादान गरेका छन्। सोही स्थानमा गुरुकूल सञ्चालन गरिएको भट्टले बताए। गुरुकूलको प्रमुख संरक्षक लवदेव पाण्डेय तथा संरक्षकमा लोकराज भट्ट र सुशील पाण्डेय रहेका छन्।गुरुकूलमा केही बालबालिका भर्ना भइसकेका छन्। गुरुकूलको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, दशरथ चन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दलगायतको उपस्थिति रहेको थियो।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.