No.1 News Portal from Sudurpashchim Province
bajaj

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान शुरू

गोकुलेश्वर । आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान शुरू भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिना स्वस्थानी व्रत एवम् कथाबाचन गरिन्छ ।

pm office

स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । साथै विभिन्न शक्तिपीठको पूजा गरिन्छ । एक महिनासम्म व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन जनै, सुपारी, पान, फूल, रोटी, अक्षतालगायत चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा.डा देवमणि भट्टराईले बताउनुभयो ।

स्वस्थानीमा वर्णन गरिएको काठमाण्डौ साँखुको शालिनदीमा आजैदेखि एक महिनासम्म माधवनारायण मेला शुरू भएको छ । काठमाण्डौ उपत्यकाको उत्तर पूर्वी क्षेत्रमा रहेको साँखुको शालिनदीमा अबको एक महिना मेला हेर्न तथा माघस्नान गर्न दर्शनार्थीको घुईंचो लाग्ने गर्छ ।

साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय महत्व रहेको इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले बताउनुभएको छ । शालिनदीमा स्नान एवम् माधवनारायण र स्वस्थानीको दर्शनका लागि देशका विभिन्न भाग साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.