No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको छाङरु र तिङ्करको मतदान जिल्ला सदरमुकाम खलङ्गामै हुने

गोकुलेश्वर । दार्चुलाको कालापानी नजिक व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान जिल्ला सदरमुकाम खलङ्गामै हुने भएको छ।

pm office

सो गाउँका मतदाता सदरमुकाम खलङ्गामै रहेका तथा विगतमा भएका निर्वाचनमा समेत खलङ्गामै मतदान भएका कारण आगामी फागुन २१ को निर्वाचनसमेत यतै हुने जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख एवं निर्वाचन अधिकृत प्रदीपसिंह धामीले जानकारी दिए। अत्यधिक चिसो बढेर हिउँ परेपछि गत मङ्सिरको पहिलो हप्ता सो गाउँको सौका समुदायका मानिस सदरमुकाम खलङ्गा बसाइँ सरेका थिए। सौका समुदायका मानिस छ महिना छाङरु र तिङ्कर गाउँमा बस्ने गर्छन् भने छ महिना सदरमुकाम खलङ्गामा बस्ने गर्छन्।

 

“यस क्षेत्रका सबै जसो मतदाता खलङ्गा झरिसकेका छन्। छाङरु र तिङ्कर दुवै गाउँको निर्वाचन जिल्ला सदरमुकाममै गर्ने गरी तयारी भइरहेको छ,” उनले भने। विगतमा सर्वदलीय सहमति र वडाको सिफारिसका आधारमा दुवै गाउँको मतदान केन्द्र खलङ्गामै कायम गरिएको उनले बताए। छाङरुको मतदान केन्द्रमा ३७५ र तिङ्करको मतदान केन्द्रमा २४४ जना मतदाता रहेको निर्वाचन अधिकृत धामीले जानकारी दिए। यसैबिच प्रतिनिधि सभा निर्वाचनका लागि दार्चुलामा ९२ हजार ९४८ जना मतदाता कायम भएका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ थपिएका दुई हजार ६०८ सहित ९२ हजार ९४८ जना मतदाता कायम भएको उनले बताए।

 

विसं २०७९ को निर्वाचनमा ९० हजार ७८२ जनाले मतदान गरेका थिए। दार्चुलामा ४७ हजार ७५५ जना पुरुष तथा ४५ हजार १९३ जना महिला मतदाता रहेका उनले जानकारी दिए। निर्वाचन स्वच्छ र भयरहित वातावरणमा गर्न जिल्ला सुरक्षा समितिले सुरक्षाको प्रबन्ध मिलाएको जिल्ला सुरक्षा समिति दार्चुलाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए। उनले मतदान केन्द्रलाई तीन भागमा वर्गीकरण गरी सुरक्षा गस्ती गराउने र सुरक्षा पेट्रोल गर्ने कार्य भइरहेको जानकारी दिए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.