No.1 News Portal from Sudurpashchim Province
bajaj

एमाले बैतडीबाट भण्डारी र दार्चुलाबाट ठगुन्ना प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस

गोकुलेश्वर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडी र दार्चुला एमालेले उम्मेदवार सिफारिस गरेका छन् । बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेशसिंह ठगुन्नाको नाम एमाले सिफारिस गरेको हो ।

pm office

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका भण्डारी विघठित प्रतिनिधिसभा सदस्य हुन् । उनी जेन–जी आन्दोलनले सरकार ढल्नुअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री थिए । भण्डारी पछिल्लो तीन निर्वाचनमा विजयी भएका थिए । २०७९ सालमा उनले तत्कालीन माओवादी केन्द्रका नरेन्द्र कुवँरलाई पराजित गरेका थिए । उनी २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भएका थिए ।

दार्चुलाबाट सिफारिस ठगुन्ना एमालेको केन्द्रीय सदस्य हुन् । आइतबार बसेको एमाले जिल्ला कमिटीको बैठकले पूर्वमन्त्रीसमेत रहेका ठगुन्नाको एकल नाम सिफारिस गरेको हो । उनी २०७० सालको संविधानसभा तथा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट विजयी भएका थिए । ०७९ सालमा कांग्रेसका दिलेन्द्रप्रसाद बडूसँग उनी पराजित भएका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.