गोकुलेश्वर। नव गायक दिपक राज जोशी र राम पाण्डेको लय तथा शब्दमा रहेको डेउडा गीत ‘दुखी मन’ गीतसहित भिडियो सार्वजनिक भएको छ ।
गीतमा दिपक राज जोशी र गौरी ओझाको स्वर रहेको छभने अभिनय अमृत नाथ र कृतिका कार्कीको छ ।गीतमा सुदूरपश्चिमको भाषाकला र संस्कृति झल्किने प्रस्तुति छ ।
पछिल्लो समय देश छोडेर अर्काको देशमा रोजगरारिको लागि जानुपर्ने बाध्यताको गीतमा चित्रण गर्न खोजिएको छ । घरपरिवार पाल्न र साहूको ऋण तिर्न मात्रै धौधौं हुने गरेको परिस्थितिलाई समावेश गरिएको छ । गीत मार्मिक एवं कारुणीक छ ।
नेपालको सांगीतिक क्षेत्रमा पाइला जोशीले अझै आगामी दिनहरमा थुप्रै गीतहरु बजारमा ल्याउने बताएका छन् ।अझै नयाँ शैली र मार्मिक शब्दहरु समेटेर सांगीतिक क्षेत्रको यात्रालाई अझै निरन्तरता दिने जोशीको भनाई छ ।
गीत अमृतनाथ युट्युब च्यानलमा सार्वजनिक भएकोे छ ।
हेनुहोस् भिडियो :