No.1 News Portal from Sudurpashchim Province
bajaj

नव गायक प्रकाश साउँदको दोस्रो डेउडा गीत ‘मुखी त बिरानी भए’आउँदै

गोकुलेश्वर। नव गायक तथा सर्जक प्रकाश साउँदको दोस्रो लोक डेउडा गीत ‘मुखी त बिरानी भए’ अर्को साता बजारमा आउने भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका—९ बस्कोटमा स्व. बुबा नरेन्द्र साउँद र आमा लक्ष्मीदेवी साउँदको कोखबाट जन्मिएका प्रकाश साउँदले ‘मुखी त बिरानी भए’बोलको अडियो र भिडियो एकसाथ बजारमा ल्याउन लागेका हुन ।

गीतमा स्वर प्रकाश साउँद र गायिका रेखा जोशीको रहेको छभने शब्द तथा लय साउँदकै छ ।निक्कै मार्मिक एवंम मर्म स्पशी गीत रहेको गायक साउँदले बताए । सो गीतमा अभिनय साउँद र सोफी तामाङले गरेका छन् ।

गीत मार्मिक एवं कारुणीक रहेको गायक साउदको भनाई छ । यस्तै गीतमा सम्पादन भबिन्द्र तामाङ र एरेन्जर तथा मिक्सिङ भवन प्रशाद बडूले गरेका छन् । विशेष सहयोगीमा गंगादत्त गिरी र बिष्णु प्रशाद पौडेल रहेका छन् ।

नेपालको सांगीतिक क्षेत्रमा पाइला टेकेका साउँदले यसअघि पहिलो लोक डेउडा गीत ‘मुई अभागी चेलो’ भिडियो बजारमा ल्याएका थिए । सो गीतमा पनि शब्द,लय,स्वर प्रकाश साउँदकै थियो । निक्कै मार्मिक एवंम मर्म स्पशी गीतमा साँउद आफैले अभिनय गरेका थिए ।

गीतको कथामा आफ्ना स्व.आमाबुबाको सम्झनालाई चित्रण गरिएको थियो ।उक्त गीतमा आफ्ना आमाबुबाबो मायाप्रेमलाई समावेश गरिएको थियो ।आमाबुबाको मृत्युपछिको पीडा र त्यसपछिको यादलाई यस गीतमा चित्रण गर्न खोजिएको थियो ।सो गीत दर्शकहरुले अत्यधिक रुचाइएका थिए ।

अझै नयाँ शैली र मार्मिक शब्दहरु समेटेर सांगीतिक क्षेत्रको यात्रालाई  निरन्तरता दिदैँ आगामी दिनहरमा थुप्रै गीतहरु बजारमा ल्याउने गायक साउँदले बताए ।

You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.