No.1 News Portal from Sudurpashchim Province
bajaj

विशेष अदालतबाट सफाइ पाएपछि शैल्यशिखर घर भएका वन निर्देशक बिष्ट जिम्मेवारीमा फर्किए

गोकुलेश्वर। सुदूरपश्चिम प्रदेशका तत्कालीन वन निर्देशक हेमराज विष्ट पुनः जिम्मेवारीमा फर्किएका छन् । 

प्रदेश वन निर्देशनालयको निमित्त निर्देशक भएका बेला भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका दार्चुलाको शैल्यशिखर नगरपालिका—९ नायल स्थायी घर भएका बिष्ट अदालतबाट दोषी ठहर नभएपछि पुुनः निमित्त निर्देशकको रुपमा कामकाजमा फर्किएका हुन् ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि भएका विष्ट पुनः जिम्मेवारीमा फर्किएका हुन् । उनी केही दिनअघिदेखि निमित्त निर्देशकको रुपमा काममा खटिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी दिपेन्द्र केसीले बताए ।

‘अदालतबाट सफाइ पाएपछि उहाँ (बिष्ट) मन्त्रालयमा हाजिर हुनुभएको थियो । उनले भने, ‘मन्त्रालयले उहाँलाई पहिलेकै जिम्मेवारी वन निर्देशनालयको निमित्त निर्देशकका रुपमा कामकाज गर्ने गरी खटाएको छ ।’

pm office

झण्डै ७ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दामा मुछिएका बिष्टलाई विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन नगरेको ठहर गर्दै सफाइ दिएको थियो ।

विशेष अदालतले बिष्ट र उनकी श्रीमती रुबी जिसीलाई अकुत सम्पत्ति आर्जनमा सफाइ दिएको थियो ।

यो पनि  :

३२ ठाउँमा घरजग्गा भएको भनिएका शैल्यशिखर घर भएका उपसचिव बिष्टले विशेष अदालतबाट सफाइ पाए

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.