No.1 News Portal from Sudurpashchim Province
bajaj

उड्नै लागेको विमानमा एक्कासी चरा ठोकिएपछि…

गोकुलेश्वर । बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेका दुई वटा विमानमा चरा ठोकिएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

pm office

राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एअरलाइन्सको ब्याङ्कक उड्न लागेको विमानमा चरा ठोकिएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ । यात्रुलाई वैकल्पिक व्यवस्था गरेर ब्याङ्कक पठाइएको थियो ।

त्यसैगरी फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला विमानको वाया इन्जिनमा चरा ठोकिएपछि तीन वटा प्रपेलर ब्लेडमा क्षति भएको थियो । विमान उड्न केही सेकेन्ड बाँकी हुँदा अकस्मात् रोक्नुपर्दा दुई वटा पाङ्ग्रा पनि क्षति पुगेको थियो ।

यसअघि गएको डिसेम्बरमा पनि यही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोकिएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.