No.1 News Portal from Sudurpashchim Province
bajaj

सुनील शर्मालाई खोरमा नराख्न अदालतको आदेश

गोकुलेश्वर । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्मालाई थुना बाहिरै राखेर मुद्दा अनुसन्धान गर्न जिल्ला अदालतले नेपाल प्रहरीको सीआईबीलाई आदेश दिएको छ ।

pm office

शर्मालाई सीआईबीले बिहीबार पक्राउ गरी शुक्रबार म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराएको थियो । तर अदालतले हिरासतमा राख्ने अनुमति दिएन । हिरासतमा राख्न अनमुति नदिएसँगै शर्मा सीआईबीको हिरासतबाट रिहा हुने भएका छन् ।

यही प्रकरणमा पक्राउ परेका अन्य ७ जनालाई भने अदालतले हिरासतमा राख्न अनुमति दिएको छ । सुनील शर्मा प्रतिनिधिसभा सदस्य समेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतले ठहर गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.