No.1 News Portal from Sudurpashchim Province
bajaj

पाकिस्तानमा भयानक रेल दुर्घटना : ३० जनाको मृत्यु, ५० बढी घाइते

गोकुलेश्वर । पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । दुर्घटनामा ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

pm office

४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडिरहेको हजारा एक्सप्रेस रेलका आठ वटा डिब्बा लिकबाट बाहिर गएका बीबीसी हिन्दीले जनाएको छ । पाकिस्तानमा रेलमन्त्री साद रफिकले ३० जनाको शव भेटिएको र अरूको उद्धार तथा उपचार भइरहेको जानकारी दिनुभएको छ ।

रेलमा झन्डै एक हजार जना यात्रु थिए । सरकारले नवाबशाह र नजिकैको सिन्ध जिल्लाका अस्पतालहरूमा सङ्कटकाल घोषणा गरेको छ । सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा पल्टिएका डिब्बाहरूमाथिबाट केही यात्रुहरू निस्किरहेको देख्न सकिन्छ ।

रेलमन्त्री रफिकले दुर्घटनाको कारणबारे अनुसन्धान गर्नुअघि शुरुमा उद्धारमा ध्यान दिइने बताउनुभएको छ । रेल कराचीबाट एबटाबादतर्फ गइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.