No.1 News Portal from Sudurpashchim Province
bajaj

अब विदेशबाट फर्किने नेपालीले भन्सार तिरेर २०० ग्राम सुन ल्याउन पाउने

गोकुलेश्वर । सरकारले विदेशबाट ल्याउन मिल्ने सुनको मात्रा निर्धारण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले एक सूचना जारी गर्दै महिलाको हकमा ५० ग्राम सुनको गहना भन्सार शुल्क नतिरी ल्याउन पाइन्छ ।

यस्तै, पुरुषको हकमा २५ ग्राम सम्मको गहनामा भन्सार तिर्नु पर्दैन । महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम बाहेकको थप २०० ग्राम सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्यान पाउने भन्सार कार्यालयले जनाएको छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई मान्यता नहुने भन्सार कार्यालयले जनाएको छ ।

pm office

विमानस्थल भन्सार कार्यालयले विदेशबाट फर्किने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने जनाएको छ। श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप १ थान मोबाइल भन्सार नतिरी ल्याउन पाउनेछन्। तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्ने कार्यालयले जनाएको छ ।

टेलिभिजनको हकमा श्रम स्वीकृति लिएर लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने भन्सार कार्यालयले जनाएको छ ।

श्रम स्वीकृति लिइ लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इञ्च सम्मको टिलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउनेछन् ।

यी बाहेकको अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्नेछ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.