No.1 News Portal from Sudurpashchim Province
bajaj

क्विन्टल सुन प्रकरणमा मुछिएर पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा बिरामी परेपछि रिहा

गोकुलेश्वर । पछिल्लो सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेण्ट रुक्मिना सुब्बालाई मानवीय कारण जमानीमा रिहा गरिएको छ ।

pm office

उनी क्यान्सरबाट पीडित भएको हुनाले बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जमानीमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

घाँटीको क्यान्सरबाट पीडित रुक्मिनालाई उपचारका लागि रिहा गरिएको हो । किमो थेरापी गरिरहेकी उनलाई सफाइ भने दिइ नसकिएको अधिकारीले बताए । उनी सुन ओसारपसारमा संलग्न भएको वा नभएको टुंगो छैन । साउन ४ मा समातिएको सुन निकाल्नका लागि भन्सार एजेन्ट उनी थिइन् । यद्यपी भन्सार एजेन्टलाई कार्गोभित्र के सामान छ भन्ने कुरा सबै थाहा हुँदैन ।

भन्सारबाट जाँच पास भएपछिमात्र भन्सार एजेन्टको भूमिका हुन्छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.