No.1 News Portal from Sudurpashchim Province
bajaj

साहित्य प्रेमी अमर अमृत घरडीका ८ उत्कृष्ट मुक्तक

गोकुलेश्वर । बैतडीको डिलासैनी गाउँपालिका वडा नं २ गन्ना घर भई हाल भारतको कर्नाटक राज्य बेङ्गलोरबाट अमर अमृत घरडीले हामिलाई पठाएका ८ उत्कृष्ट मुक्तकहरु यसप्रकार छन् ।

मुक्तक १

कतै नदि छेउमा लगी फालीदिऊँ कि लाग्छ ।
गए पनि जाला बगी फालीदिऊँ कि लाग्छ ।
कहिलेसम्म सकुँला र पिडैपिडा सहने गरी
वेवारिसे यो जिन्दगी फालीदिऊँ कि लाग्छ ।

मुक्तक २
मेरो दिलमा बनाइ खत,,कहाँसम्म पुग्यौ ।
लिएर अञ्जुलीमा रगत,,कहाँसम्म पुग्यौ ।
म जहाँको त्यहिँ छुँ प्रिय तिम्ले छोडे देखि
तिमी लुटेर मेरो इज्जत,कहाँसम्म पुग्यौ ।

मुक्तक ३

जल्दा चिता मसानघाटमा नियालेर जाऊ।
कति जले रहर साथमा नियालेर जाऊ ।।
हातमै छ कि भुँइमा खस्यो उपहारको औंठी
एक्कै पटक मेरो हातमा नियालेर जाऊ ।।।

pm office

मुक्तक ४

आएर साहु आगनमा बसे पैसा न हुनाले ।
वचनको तिर छातिमा धसे पैसा न हुनाले ।।
न त छ जागिर न त छ कमाइ रिनले सतायो
गरिबका आँशु भुँइमा खसे पैसा न हुनाले ।।

मुक्तक ५

शुन्य लाग्छ वारि पारी साँझ परेपछि
यो मन हुन्छ भारी भारी साँझ परेपछि
सँगै हुँदा दिनभरको प्रेम भुलेर आँखिर
कहाँ गयौ र ? ए पियारी साँझ परेपछि ।

मुक्तक ६
स्वार्थी रहेछ यो दुनियाँ भन्ने कयौं छन ।
कसको बिश्वास गर्नु नि याँ भन्ने कयौं छन
दुःखमा पो कोही छैन आफ्नो भन्नेहरु ।
खुसी हुँदा म छुँ नि याँ भन्ने कयौं छन ।

मुक्तक ७
यो दुनिया कहिले काहीँ मेरै जस्तो लाग्छ ।
तिम्रो हरेक खुसी चाहीँ मेरै जस्तो लाग्छ ।
गुलाबी हाँसोको महलमा मेरो रोदनलाई
भए पनि प्रबेश मनाहीँ मेरै जस्तो लाग्छ ।

मुक्तक ८
लेखेका शब्द पानामा मैला भएका छन्
तिम्रा तस्बिर भित्तामा मैला भएका छन् ।
आज प्रेम बाँड्दा दिएका उपहारहरु तिम्रा
आँशु पुछ्दै आँखामा मैला भएका छन् ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.