गोकुलेश्वर ।दार्चुलामा मृत फेला परेको चितुवालाई गाडिएको छ । जिल्लाको लेकम गाउँपालिका –१ दानुगाड खोला किनारमा अन्दाजि ६ बर्षको चितुवा आइतबार विहान मृत अवस्थामा फेला परेको थियो ।
चितुवा मृत फेला परेको खबर पाएपछि चौलानी सव डिभिजन वन कार्यालयका गोकुलेश्वरका प्रमुख दुर्गा अवस्थी जोशी र प्रहरीको टोली चितुवा मृत फेला परेको स्थानमा गएको थियो ।
चितुवालाई गोकुलेश्वर ल्याई छाला ,दाह्रा र नाङ्रा निकालेर चौलानी सव डिभिजन वन कार्यालयका कर्मचारी,जनप्रतिनिधि सञ्चारकर्मी,स्थानीयको लगायतको सहभागितामा अस्थायी प्रहरी पोष्ट गोकुलेश्व नजिक गाडेको हो ।

मृत फेला परेको चितुवाको शरिरमा कुनै घाउ चोट थिएन । चितुवाको लम्बाइ ६ फिट १० इन्च र उचाई ३ फिट ८ इन्च रहेको थियो । चितुवाका १४ वटा दाह्रा थिए।
सम्बन्धीत समाचार :



