
गोकुलेश्वर । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर –१ दानुगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको छ । आज बिहान चितुवा मृत अवस्थामा फेला परेको हो । अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय दार्चुलाले जनाएको छ ।
डिभिजन बन कार्यालय दार्चुलाका अनुसार स्थानीयले थाहा पाएपछि प्रहरीलाई खवर गर्दा प्रहरी र सब डिभिजन वनका कर्मचारीको टोली घटनास्थलतर्फ गइरहेको निमित्त डिभिजन बन कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रमानन्द कुवरल बताएका छन् । घटना बारे थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय दार्चुलाले जनाएको छ ।



