No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरका मेयर धामीले कोरोना भ्याक्सिन उपलब्ध गराउन सरकारसँग आग्रह गरे

गोकुलेश्वर। दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाका मेयर अमर सिंह धामीले नागरिकको जीवन रक्षाको लागि कोरोना भ्याक्सिन उपलब्ध गराइदिन स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई भ्याक्सिन उपलब्ध गराइदिन अनुरोध गरेका छन ।

pm office

कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिँदै गएको अवस्थामा शैल्यशिखर नगरपालिकाका जनताहरुलाई कोरोना संक्रमणबाट बचाउन आफ्नो दायित्व रहेको उनको भनाइ छ । उनले स्वास्थ्य मन्त्रालयलाई कोरोना विरुद्धको भ्याक्सिन चाँडो भन्दा चाँडो उपलब्ध गराउन आग्रह समेत गरेका छन् ।

नागरिकको जीवन रक्षाका लागि नेपाल सरकारको मुल्य र मापदण्ड अनुसार (कोभिड–१९) भ्याक्सिन, कोरोनाका बिरामीहरुको लागि निःशुल्क औषधी र कोरोना भाइरसबाट आमाबुबा दुवै गुमाउने टुहुरा बालबालिकाहरुको जीवनयापन तथा शिक्षा स्वास्थ्यको लागि सरकारले जिम्मेवारी लिनको लागि आवश्यक व्यवस्थापनको लागि समेत पहल गरेको बताए । मेयर धामीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ मन्त्रालय धनगढी कैलालीलाई समेत पत्राचार गरिसकेको बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.