No.1 News Portal from Sudurpashchim Province
bajaj

कोरोना माहामारिमा अहोरात खटिरहेको छु :- लेकम प्रवक्ता महेन्द्रराज जोशी

सेतीकाली डटकम सकरात्मक समाचार र विकास निर्माण प्रति समर्पित डिजिटल अनलाइन संचार माध्यम हो । हाल यस अनलाइन परिक्षण प्रशारणको क्रममा रहेको छ । हामीले ४ प्रश्न नामक स्तम्भ सुुरुवात गरेका छौं । आज प्रस्तुत छ, लेकम गाउँपालिका वडा नं.४ का वडाअध्यक्ष तथा गाउँपालिका प्रवक्ता महेन्द्रराज जोशीसंग कोरोना रोकथान तथा नियणन्त्रणका लागि गरिएको कुराकानीको सम्पादीत अंश

१. कोरोना माहामारी तथा नियन्त्रणमा तपाईको वडाले के कस्ता गतिविधिहरु गरिरहेको छ ?

  • हाम्रो वडाले कोरोमा माहामारी नियन्त्रणका लागि पिसिआर परिक्षणको दायरा बढाएको छ । सबै मानिसहरु परिक्षण गर्न आउँदैनन तर पनि उनीहरुलाई सम्झाई-बुझाई परिक्षण गराईरहेका छौ र कोरोना पोजिटिभ आए सरकारको नीति अनुसार होम आइसोलेसनमा बसाल्ने व्यवस्था गरेका छौँ त्यस्तै होम आइसोलेसनमा बस्न नमाने गाउँपालिकाकै रातामाटामा ५ बेडको आइसोलेशन बनाएका र त्यहि राख्ने व्यवस्था मिलाएका छौ। म आफै कोरोना माहामारिमा अहोरात खटिरहेको छु । हिजो मात्रै मैले दार्चुला गएर लेकमको लागि दश हजार थान माक्स र सेनिटाइजर लिएर आएको छु । अनि यदि कुनै लेकमको मानिस बिना माक्स हिडिरहहेको छ भने त्यो मान्छेलाई दिनु भनेर मैले गोकुलेश्वोर चेक पोस्टमा केही माक्सहरु अनि सेनेटाइजर छोडेको छु। केही माक्सहरु ईलाका प्रहरी कार्यालय रिठाचौपातामा नि छोडेको छु र सबै जनताको घरमा गएर मास्क वितरण गर्ने अभियानमा छु । अनि मैले हिजो मात्र भारतको दिल्लीबाट आएको वडा नम्बर ४ घर भएका धरम सिह कुवँर भन्ने मान्छेलाई म आफै गाडी लगेर पोस्टमा एन्टिजोन परिक्षण गराएर निगेटिभ आयो । अनि मैले दार्चुलाबाट आफैसगैं बसालेर खरकडा पुगाए यदि कोरोना माहामरीको समयमा सम्स्या छ भने म आफै गएर सहयोग गर्न तयार छु ।

२. तपाईको वडामा आइसोलेशन सेन्टरहरु निमार्ण देखि लिएर दक्ष स्वास्थ जनशक्ति, अक्सिजनको अभाव कत्तिको देखिएको छ?

  • हामिले वडा नम्बर ४ को हुनैनाथ माबी रातामाटाको एउटा भवनमा ५ शैयाको आइसोलेशन बनाएका छौ र २ जना दक्ष स्वास्थकर्मी राखेका छौ । हाम्रो लेकम भौगोलिक बिकटताको हिसाबले एक्दमै बिकट भएकाले अहिले अक्सिजनको व्यवस्था छैन त्यसको लागि नि पहल गरि राखेका छौ यदि अक्सिजन नभइ नहुने बिरामी भएमा जिल्ला अस्पतालमा दार्चुला र गोकुलेश्वोर अस्पतालमामा पठाउने व्यवस्था गरेका छौ। स्वास्थकर्मिहरुलाई गाउँघरमै परिचालन गरेर स्वास्थ्य अवस्था बुझ्न लगाएका छौ यदि कुनै बिरामी भेटिएमा उपचार गर्ने व्यवस्था गरेका छौँ।

३. भारतबाट तथा विदेशबाट घर आएकाहरुका लागि के कस्तो व्यवस्था गरिरहनु भएको छ?

  • भारत तथा विदेशबाट आएकाहरुलाई लागि म के भन्न चाहनुहुन्छ भने चोरि नाकाहरुबाट नआउँ र सम्बन्धित खुला दार्चुला नाकाबाट आउँ अनि कोरोना परिक्षण गरौं । पोजिटिभ आए सम्बन्धित मान्छेसगं कुरा गरेर आइसोलेशनमा बसौँ र त्यो भएन भने होम आइसोलेशनमा बस्ने अप्ठ्यारो भयो भने हामी सम्बन्धि मान्छेको अवस्था हेरेर गोकुलेश्वोर अस्पताल र जिल्ला अस्पताल दार्चुला पठाउने छौँ। निगेटिभ आए १४ दिन सम्म होम आइशोलेशनमा अनिवार्य बस्ने होम आइशोलेशनमा अप्ठ्यारो भए रातामाटाको आइशोलेशनमा बस्न आग्रह गर्न चाहान्छु।

४. तराईका विभिन्न जिल्लाहरुमा रहेका विद्यार्थीहरुका लागि घर सम्म ल्याउने के कस्तो पहल गरिरहनु भएको छ?

  • विद्यार्थीहरुका लागि सम्बन्धि निकायहरूसगं कुरा गरेर पासको व्यवस्था गरेर घरसम्म ल्याउने गरेका छौँ । गाउँपालिका अध्यक्ष ज्यूमा कोरोना पोजिटिभ देखिएकाले उपचारका लागि उहाँ बाहिर जानूभयो र गाउँपालिकाको निर्णय बिना पैसाको जोहो मेरो एकल निर्णयले नहुने भएकाले पैँसा दिन सकेका छैनौं तर पनि उनीहरुलाई घरसम्म ल्याउने व्यवस्था गरिरहेका छौँ ।

अन्तमा म के भन्न चाहान्छु, भने यदि वडा नम्बर ४ को मात्र नभए पूरै लेकमको कुनै मानिसलाई जहाँ समस्या पर्छ म सहयोग गर्न तयार छुँ । मलाई फोन गर्नुस् म सक्दो सहयोग गर्न तयार छुँ ।जस्लाई जहाँ समस्या पर्छ त्यही सहयोग गरिन्छ । त्यसका लागि म मेरो ज्यानको प्रवाह नगरी सहयोग गर्न तयार छु र कोरोना महामारीबाट बच्न जनस्वास्थका सबै मापदण्ड पालन गरौं ।

You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.