No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरका १२ जना सहित दार्चुलामा थप २७ जनामा कोरोना पुष्टि, ४८ जनाले जिते कोरोना

गोकुलेश्वर। दार्चुलामा एकैदिन ४८ जनाले कोरोना जितेका छन् । जिल्लामा आइतवार ४८ जना कोरोना संक्रमणमुक्त भएका हुन् । शनिवार १६ जना संक्रमणमुक्त हुदा आइतवार (आज) ४८ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाका सिआईसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिए । कोरोनाको दोस्रो लहर सुरु भएयता अहिलेसम्म २ सय १४ जनाले कोरोना जितेका छन् ।

pm office

आइतवार दार्चुलामा थप २७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा २७ जनामा संक्रमण देखिएको सिआईसिटी सहजकर्ता बोहराले बताए । उनका अनुसार पीसीआर परीक्षण गर्दा शैल्यशिखर नगरपालिकाका १२ जना र ब्याँस गाउँपालिकाका ८ जनामा संक्रमण देखिएको हो । त्यस्तै एन्टिजेन परीक्षणमा दुहुँ गाउँपालिकामा ४ जना, नौगाड गाउँपालिकामा १ जना र जिल्ला अस्पतालमा २ जनामा संक्रमण देखिएको छ ।

आइतवार २७ जना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ५२ पुगेको छ भने ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.