गोकुलेश्वर। मतदान गर्ने दिन नजिकिदैँ जाँदा दार्चुलामा नेकपा (एमाले) प्रवेश गर्नेको संख्या पनि बढिरहेको छ ।
उक्त पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशसिंह ठगुन्ना नेतृत्वको टोली घरदैलो अभियानमा छ ।चुनावी आमसभा सके लगत्तै पुनः घरदैलोमा निस्किएका नेताहरु विभिन्न दलका कार्यकर्ताहरुलाई भित्र्याइरहेका छन् ।
एमालेको मूल प्रचार टोली मंगलबार महाकाली नगरपालिकामा पुगेको थियो। टोली बुधबार महाकाली नगरपालिका–१ छापरी पुगेको छ ।
एमाले प्रचार विभाग प्रमुख खडक बडालका अनुसार निर्वाचन हुन ५ दिन बाँकी रहदा दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरुमा आमसभा तथा अगुवा कार्यकर्ता भेला भइरहेका छन् । बडालका अनुसार घरदैलो अभियानको क्रममा पार्टी प्रवेश गर्नेहरु बढेका छन्।

शैल्यशिखर—४ काँडापारीमा ५० जनाबढी एमालेमा प्रवेश
शैल्यशिखर नगरपालिका–४ मा विभिन्न पार्टी परित्याग गरी ५० जनाबढीले एमालेमा प्रवेश गरेका छन् ।
एमाले प्रवेश गर्नेमा डम्मरसिंह ठगुन्ना, मोहनसिंह ठगुन्ना, दम्पत्ती ठगुन्ना, मंगली ठगुन्ना, सीता ठगुन्ना, धौलसिंह ठगुन्ना, नरेशसिंह ठगुन्ना, बेलमती ठगुन्ना, मञ्जु ठगुन्ना, सुशिल ऐरी एमाले प्रवेश गरेका छन्।
यस्तै खेमराज भट्ट, राम भट्ट, प्रकाश भट्ट, मनोज भट्ट, नन्दा भट्ट, गंगा भट्ट, राजेन्द्र भट्ट, गौमती भट्ट, पुष्पा भट्ट, धनीराम बोहरा, कलावती बोहरा, कलशी बोहरा, जयसिंह बोहरा, पुर्णेश बोहरा, रघुबिर भट्ट, कृष्ण भट्ट,धनजीत बोहरा लगायत ५० जना बढीले एमाले प्रवेश गरेका छन्।नपप्रवेशीहरूलाई शैल्यशिखर नगर प्रमुख (नगर ईन्चार्ज) विजय सिंह धामीले टिका लगाई पार्टीमा स्वागत गरेका हुन् ।
ठगुन्ना नेतृत्वको टोलीमा प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशी, प्रदेश सभा ‘१’ का उम्मेदवार हरदेव जोशी र प्रदेश समानुपातिक उम्मेदवार दीपा बुढाथोकी रहेका छन् ।



