No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर —५ को वडा अध्यक्षमा युवा नेता डाँगाको आकांक्षा

गोकुलेश्वर। सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दार्चुला जिल्लाभरी चुनावको माहोल तातेको छ । स्थानीय तहको निर्वाचनमा अधिकांस स्थानमा पुराना नेताले नेतृत्वमा दावी गरिरहँदा युवामा पनि उत्तिकै आकांक्षा देखिएको छ ।

स्वभाविक रुपमा पुराना नेताले आकांक्षा गरिरहँदा त्यसलाई चिर्दै शैल्यशिखर नगरपालिका —५ को वडा अध्यक्ष पदमा नेपाली काँग्रेसबाट युवा नेता इन्द्रसिंह डाँगाले नेतृत्व लिनका लागि आकांक्षा व्यक्त गरेका छन् । युवानेता  डाँगाले पनि नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदको लागि ईच्छुक रहेको बताए ।

pm office

उनका अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट शैल्यशिखर —५ को वडा अध्यक्ष पदमा आफ्नो पनि उम्मेदवारी रहने बताए ।

डाँगाले बैशाख ३० गतेको स्थानीय निर्वाचनमा वडा अध्यक्षमा उम्मेदवारी दिने मनसाय बनाई अहिले गाउँमा भेटघाट गर्नुका साथै सुझावसल्लाह सहित घरदैलो कार्यक्रम गरिरहेको बताए ।

डाँगा नेपाली काँग्रेस दार्चुला जिल्ला कमिटी सदस्य समेत हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.