No.1 News Portal from Sudurpashchim Province
bajaj

आमा

  • अनिल परियार (नानु)

आमा । यो शब्दले जो-कोहीको हृदयमा स्नेह र श्रद्धा भरिदिन्छ । एक बृद्धले पनि जसै आफ्ना आमाको स्मरण गर्छन्, उनको आँखा रसिलो हुन्छ । आमा एक संरक्षक र ममताको स्रोत हुन् । आमाको प्रेममा न स्वार्थ हुन्छ, न अपेक्षा । यस्तो प्रेम अरुबाट सायदै मिल्छ । त्यही कारण त आमाको प्रेममा हामी सजिलै पग्लिन्छौं ।

pm office

मरो पहिलो भगवान अनि जन्म दिने जन्मदाता मेरि आमा हुन,
नौ महिना गर्भमा राखि पीडा सहने मेरी आमा हुन ।

शिशिरको जाडो अनि थोत्रो लुगा संगै खालि खुट्टा हिडने गर्छिन,
आफ्ना दुख छोडि सन्तानका लागि नयाँ लुगा ल्याउने मेरी आमा हुन ।

सभ्य अनि सालिन अरुको दुखमा साथ दिन सिकाउने मेरी आमा हुन,
अरुको दु:ख पनि आफ्नै ठानेर साथ सहयोग गर्न सिकाउने मेरी आमा हुन ।

नुन सँगै मकैको रोटि खाएर हास्ने गर्छिन,
नाम ईनाम ईज्जतमा बस्न सिकाउने मेरी आमा हुन।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.