- अनिल परियार (नानु)
सबैको आँसु पुछने एउटा मलिन हात बनाइ दिनु !
लेकमका सारा दुःख बुझ्ने एउटा सपुत जन्माई दिनु !!

न तेरो, न मेरो, यो हो हामी सबैको भावना बुझेको ,
यस्तै आवाज गुनगुनाउने एउटा आवाज जन्माइ दिनु !!
गरिबका आँसु अनि गरिबीले च्यातिएका लुगा हेर्ने जन्माइ दिनु !
भ्रष्ट अनि अत्याचार बिरुद्ध लडने एउटा सपुत जन्माइ दिनु !!
सबैको मन मनमा राज गर्ने अनि सुखको अनुभुति दिलाउने ,
लेकमको छुटै खुसिको आभास दिलाउने सपुत जन्माइ दिनु !!



