No.1 News Portal from Sudurpashchim Province
bajaj

‘छुटिग्यो ला बारिलको सेरो’ डेउडा गीत सार्वजनिक

गोकुलेश्वर। प्रेमीले जन्मभूमी छोडेर प्रदेश जाँदाको पीडा समेटिएको ‘छुटिग्यो ला बारिलको सेरो’ डेउडा गीत सार्वजनिक भएको छ । मेघराज खडायत र किशोर भट्टको शब्द संगितमा बेनको गीतमा बसन्ती भट्ट र मानसिंह भण्डारीको स्वर रहेको छ।

ठाडी भाकाको झल्को दिने यस गीतमा प्रेमी प्रेमिकाको विछोडको वर्णन गरिएको छ । गीत निक्कै मार्मिक एवंम मर्म स्पशी  छ । गीतको कथामा प्रेमीले जन्मभूमी छोडेर प्रदेश जाँदाको चित्रण गरिएको छ । गीत मार्मिक एवं कारुणीक छ ।

गीतमा भाग्यमा भएको कुरा कसैले पनि मेट्न नसकिने कुरा प्रेमिकाले बताएकी छिन् । मेरी प्राण भन्दा प्यारी जीवन सँगीनीले बाटोले हेरेर मलाई कुरेको होला भन्दै प्रेमीले विलाप गरेका छन् ।

गीत निरन्तर मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.