गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामीको नक्कली फेसबुक अकाउन्ट खोलेको पाईएको छ ।

आफुले चलाइरहेको आधिकारीक फेसबुक आइडीमा भएका फोटोहरु प्रयोग गरेर अपरिचित व्यक्तीले फेक आइडी बनाएर अनावश्यक कुराहरु पोष्ट गर्ने र म्यासेज गर्ने गरेको उनले बताए। नगर प्रमुख धामीको आधिकारीक फेसबुक आइडी https://www.facebook.com/amardhami1199 रहेको तथा आधिकारीक सचिवालयको लिंक https://www.facebook.com/amarsecretariat रहेको उनले फेसबुक मार्फत जानकारी गराएका छन ।
नक्कली अकाउन्ट खोलेको जानकारी पाउनासाथ नगर प्रमुख धामीले उक्त आइडीबाट आएका म्यासेजको जवाफ नदिन आग्रह गरेका छन ।
नक्कली अकाउन्ट खोल्ने व्यक्तिलाई नगर प्रमुख धामीले तत्काल उक्त अकाउन्ट बन्द गर्न आग्रह गरेका छन । कसैले आफुमाथि बदनियत पुर्ण तवरले यस्तो क्रियाकलाप गरेको हुन सक्ने भन्दै उनले दोषीलाई कारवाही गर्ने चेतावनी समेत दिएका छन ।



