गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ स्थित लटिनाथ माध्यमिक विद्यालय बस्कोटको ५५ औँ वार्षिकोत्सब समारोह सम्पन्न भएको छ।
आज एक कार्यक्रमका बीच विद्यालय प्रांगणमा ५५ औँ वार्षिकोत्सब समारोह सम्पन्न भएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश कुमार साउदको अध्यक्षतामा सञ्लचान भएको समारोहमा शैल्य शिखर नगरपालिकाका नगर प्रमुख बिजय सिंह धामी प्रमुख अतिथि थिए ।
त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ति खडायत, वडा नम्बर ९ का वडा अध्यक्ष प्रजापति पान्डेय प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बिस्ट लगायत जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, कर्मचारी, पत्रकार शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयहरुको सहभागिता रहेको थियो ।
वार्षिकोत्सब समारोहमा विद्यालय सहायक प्रधानाध्यापक किशोर साउदले ८४ लाख ५५ हजार ८ सय १ रुपैया बराबरको आय व्यय विवरण प्रस्तुत गर्दै विद्यालय संग हाल विश्राम छात्रवृत्ति अक्षयकोष सहित ५ लाख ५५ हजार ७ सय ९८ रुपैंया बचत रहेको बताए ।



