गोकुलेश्वर।पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले अहिले बनेको सरकार कानुनी राज्यको पालना गरिरहेको बताएका छ्न ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बडूले संविधान निर्माणमा भूमिका खेल्ने दलहरु मिलेर बनेको सरकारले कानुनी राज्यको अनुभूति गराउने बताए।

ऐतिहासिक जोलजीवि मेला तथा सांस्कृतिक महोत्सवको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।पूराना दलहरुले नै लोकतन्त्र बलियो बनाउने उनले जिकिर गरे ।
“हाम्रै पार्टीका गृहमन्त्री अहिले पनि मुद्धा खेपिरहेका छन्, तर काग्रेसले कहिल्यै विरोध गरेन् । छुटाउनुपर्यो भनेर कहिल्यै आन्दोलन गरेनौं ।” उनले भने, “अहिलेका नयाँ भनिएका दल नेता पक्राउ पर्दा आन्दोलन गर्छन् । यो कानुनी शासनको कुरा हो । संविधान भन्दा ठूला कोही हुँदैन भन्ने स्थापित गर्ने विधि हो । अहिलेको नयाँ भनिएका दलका नेता पक्राउ गर्दा प्रतिसोध भयो भनेर भन्नुको कुनै तुक छैन् ।”
राजनीतिक स्थरता नभएका कारण नयाँ गठबन्धन बनेको उनले प्रस्ट्याए ।
