गोकुलेश्वर। इलाका प्रहरी कार्यालय गोकुलेश्वरले BEST POLICE OF THE MONTH अवार्डबाट एक जान प्रहरी हवल्दारलाई सम्मानित गरेको छ ।
सम्मानित हुनेमा इप्रका गोकुकेश्वरमा कार्यरत प्रहरी हवल्दार नारायण जैशी रहेका छन ।

आइतबार एक कार्यक्रमका बिच इप्रका गोकुलेश्वरका प्रमुख एवं प्रहरी निरीक्षक किशोरसिह ऐरीले हवल्दार जैशीलाई अवार्ड सहित सम्मानित गरेका हुन।
प्रमुख निरीक्षक ऐरीले प्रहरी हवल्दार जैशीलाई कार्तिक महिनाको BEST POLICE OF THE MONTH बाट सम्मानित गरेका हुन ।
उनले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मानित गरिएको इप्रका गोकुलेश्वरले जनाएको छ ।
यस्तै इन्सपेक्टर ऐरीले सो कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट,सम्पुर्ण शाखाहरु,व्यारेक र मेशको निरीक्षण गरि आवश्यक निर्देशन दिएका छ्न ।
