No.1 News Portal from Sudurpashchim Province
bajaj

जिप दुर्घटनामा २ जना कर्मचारी गुमाउदा गोकुलेश्वर बहुमुखी क्याम्पस शोकमा

pm office

गोकुलेश्वर । दार्चुलाको मालिकार्जुन जात्राबाट घर फर्कने क्रममा जिप दुर्घटनामा परी गोकुलेश्वर बहुमुखी क्याम्पसमा कार्यरत २ जना कर्मचारी सहित ८ जनाको मृत्युु भएको छ ।
गोकुलेश्वर बहुमुखी क्याम्पसमा हेड असिस्टेन्ट पदमा कार्यरत शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्टको घटना स्थलमै मृत्यु भएको हो भने सोही क्याम्पसमा कार्यरत ४० वर्षीय मिना लेखकको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो ।
यस्तै मृत्यु हुनेमा शैल्यशिखर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का ५० वर्षीय बिरेन्द्र बोहरा सोही ठाउँका, १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिल रहेका छन् ।
यस्तै चालक मालिकार्जुन–८ पस्तीका सुनिल जोशीको टाउँकोमा गम्भिर चोट रहेको छ भने ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल, डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह घाईते भएको बताईएको छ । घाईतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
जात्राबाट घर फर्किने क्रममा घटेको अकल्पनीय घटनाले २ जना कर्मचारी गुमाउदा सिंगो गोकुलेश्वर बहुमुखी क्याम्पस परिवार सोकमग्न भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.