गोकुलेश्वर।दार्चुलामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ,भने ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा जिल्लाकाे शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षिय बिरेन्द्र रावल, साेही ठाउँका २८ वर्षिय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षिय दिलिप विष्ट, बैतडीको डिलाशैनी-५ का १५ वर्षिय संजिव बाेहरा र भारतकाे उत्तर प्रदेश विजनाैर जिल्लाका ४५ वर्षिय माेहमद सफिर र साेहि जिल्लाका १८ वर्षिय माेहमद बसिम रहेका छ्न।

मृतक मध्ये ४ जनाकाे घट्ना स्थलमै तथा ३ जनाकाे उपचारका क्रममा गाेकुलेश्वर अस्पतालमा मृत्युु भएको बताईएकाे छ ।
मृतक ७ जना मध्ये १ जनाकाे सनाखत हुन सकेकाे छैन । घाइतेहरुकाे स्थानीय गाेकुलेश्वर अस्पतालमा उपचार भईरहेकाे छ ।
मालिकार्जुन मन्दिरमा लागेकाे जात्रा हेरेर गाेकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरकाे जिप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ काे बग्जेबलामा दुर्घटना भएको हो ।जिप सडकबाट करिब १०० मिटर तल खसेको छ ।



