No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला:आज राष्ट्रिय धाम मालिकार्जुनमा रात्रिकालीन जात्रा लाग्ने

गोकुलेश्वर । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा आज रात्रिकालिन जात्रा लाग्ने भएको छ । कात्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन धाममा लाग्ने जात्रालाई जिल्लाकै ठूलो जात्राका रुपमा लिइन्छ ।

जात्रा अवधीभर मदिरा तथा जुवातास पूर्ण रुपमा निषेध गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारीगर्दै कार्तिक २६ गते देखि ३० गतेसम्म मदिरा विक्रीवितरण तथा सेवन नगर्न र नगराउन आग्रह गरेको छ। जात्रा हुने भूगोललाई मध्यनजर गर्दै त्यस क्षेत्रमा मदिरा पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक डिएसपी प्रकाश दाहालले बताए ।

pm office

उनका अनुसार जात्रामा मदिरा सेवन गरी होहल्ला गर्ने र सेवन गरेकाहरुलाई नियन्त्रणमा लिइ कडा कारबाही गरिनेछ । लागूऔषध तथा मदिराजन्य पदार्थलाई मध्यनजर गर्दै प्रहरीले पसलहरुमा खोजतलास र निगरानी गर्नुका साथै नागरिकका झोलासमेत चेकजाँच गर्ने जनाएको छ । शंकास्पद महिला तथा पुरुषका झोला चेकजाँच गरि यद्यपि मदिरा तथा लागुपदार्थ भेटिएमा कडा कार्बाही गरिने बताइएको छ । जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न डिएसपी सहित ३ जना प्रहरी निरीक्षक इन्सपेक्टर खटिनेछन् ।

जात्रा सुरक्षार्थमा २ सय पचासबढी सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालको कमान्डमा ३ जना प्रहरी निरीक्षक इन्सपेक्टर सहित १ सय पचास प्रहरी सुरक्षामा खटिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। त्यस्तै १० जना सादा पोसाकका प्रहरी र ८ जना ट्राफिक प्रहरी पनि खटिनेछन् ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट डिएसपीको कमाण्डमा ८० जना सशस्त्र प्रहरी खटिने जनाइएको छ ।

जात्राको दिन सवारी साधनहरुमा समेत क्षमता भन्दा बढि यात्रु बोकेका पाइएमा चालकहरुलाई कारबाही गरिने भएको छ । जात्रा अवधिभर कुनै किसिमका अपराधीक घटनाहरु तथा सडक दुर्घटना हुननदिन व्यापक रुपमा प्रहरी परिचालन गरिने डीएसपी दाहालले बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.