No.1 News Portal from Sudurpashchim Province
bajaj

भ्रष्टाचारीलाई जेल हालेकोमा प्रचण्डको हाईहाई, छोरी ज्वाईं च्याप्न खोज्दा पार्टीभित्र भनाभन

गोकुलेश्वर । यत्ति बेला देशभरका माओवादीहरु काठमाडौमा भेला भएका छन । सत्तारुढ माओवादी पार्टी खुम्चिएको पीडा, घटेको जनमतको बिलेश्षणमा व्यस्त छ । पार्टी बलियो बनाउँदै जनतासँगको सम्बन्ध कसरी सुधार्ने भन्नेबारे देशभरका नेताहरु घनिभूत छलफलमा छन । पार्टी रुपान्तरणको लक्ष्य लिने तर पुस्तान्तरण विनै पार्टी रुपान्तरणको सम्भावनाबारे नेताहरुले नेतृत्वमाथि प्रश्न उठाएका छन् ।

१० वर्षे जनयुद्ध, शान्ति प्रक्रियापछि जनमतबाट राष्ट्रिय राजनीतिमा पहिलो शक्तिको रुपमा उदाएको माओवादी केन्द्र अहिले तेस्रो शक्तिमा चित्त बुझाईरहेको छ । माओवादीको जनतम यति कमजोर छ कि सत्ताको डाडु पन्यू नै माओवादीको कब्जामा हुँदा समेत साख शुन्य सरह छ । माओवादीका नेताहरु पार्टी खुम्चिएको पीडा, घटेको जनमत सुधार्दै बलियो माओवादी कसरी बनाउने भन्ने रणनीतिक छलफलमा जुटेका छन ।

आफ्नै माओवादी पार्टी बलियो बनाउने कि समाजवादी मोर्चा द्धविधामा रहेका पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आफै पनि पार्टी जस्तो नभएको गुनासो गर्दै नेता कार्यकर्ताको नजरमा रक्षात्मक बन्ने कोसिस गरेका छन् । पुषमा अर्पझट पार्टी महाधिवेशन गराएर सर्वसम्मत मनोनयन गरेर आफै अध्यक्षमा अनुमोदित प्रचण्डको पार्टीमा प्रतिपक्ष छैन ।

pm office

पार्टीभित्र आफैले टिका लगाएर ल्याएका नेताहरु मात्र छन । तर उनीहरुसमेत रुष्ट भईरहेका बेला केन्द्रिय समिति वैठकमा नेता कार्यकर्ताको कुरा सुन्नु अगावै आफ्नो आलोचना हुने देखिएपछि आफै आत्मआलोचना गरेर जोगिएर मात्र नेता कार्यकर्ताबाट आउने प्रहारलाई केहि हदसम्म पन्छाउन सफल बने । अन्य राजनीति दल सरह माओवादीभित्र पनि पार्टी पुस्तान्तरण र रुपान्तरणको विषय जवरजस्त उठेको छ ।

मनमा नेतृत्व परिवर्तनको हुटहुटी भए पनि प्रचण्डको विकल्प खुलेआम खोज्ने जमात कम छ । पार्टीभित्र हावी परिवारवाद नातावाद अझ घुमाउरो पारामा भन्दा प्रचण्डको ज्वई छोरी नै इंगित गर्दै नेताहरु नेतृत्वको आलोचना गर्न पछि परेका छैनन् । जनयुद्धमा बन्दुक बोकेर युद्ध लड्नेभन्दा नातावाद, आसेपासे भएकै भरमा सुकिला मुकिलाले पाएको अवसरमाथी सुधारको रटान माओवादीभित्र लुकेको छैन ।

माओवादीभित्र प्रचण्डको खुलेआम विकल्प खोज्ने ल्याकत सम्भवत कुनै नेता कार्यकर्तामा छैन । पार्टी पुस्तान्तरण र रुपान्तरणको पक्षमा उभिने तर नेतृत्वको विकल्प खोज्न नसक्ने अवस्थामा माओवादी छ । माओवादीमा प्रचण्डलाई विकल्प दिने नेता नै नभएको अर्थात प्रचण्डलाई आफुपछिको उत्तराधिकारी हुने अवस्थामा नै पार्टी नराखेको विश्लेषकको तर्क छ ।

पार्टी रुपान्तरणको लक्ष्य लिने तर पुस्तान्तरण विनै पार्टी रुपान्तरणको नारा आफैमा उदेक लाग्दो छ । माओवादी भनेकै प्रचण्ड र प्रचण्ड भनेकै माओवादी स्थापित भएको माओवादी केन्द्रको रपान्तरण र पार्टी पुस्तान्तरणको नारा अपुरो नै रहने छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.