No.1 News Portal from Sudurpashchim Province
bajaj

आईए पढेका लामिछानेले कहाँबाट ल्याउँछन् स्नातकोत्तरको प्रमाण पत्र ?

गोकुलेश्वर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विहिवार बसेको पार्टी केन्द्रीय समितिको वैठकले केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन मापदण्ड तय गरेको छ । मापदण्ड सार्वजनिक भएसँगै रवि लामिछानेको शैक्षिक योग्यताको प्रश्न उठ्न थालेको छ ।

जानकारी अनुसार लामिछानेले ‘आइए’सम्मको अध्ययन गरेका छन्। तर, मापदण्डमा केन्द्रीय विभागको पदाधिकारी, सदस्य र प्रदेश विभागको प्रमुख हुन कम्तीमा पनि स्नातकोत्तर गरेको हुनुपर्ने वा दश वर्ष सम्बन्धित विषयको अनुभव वा सम्बन्धित विषयमा असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तय भएको छ ।

pm office

यसैगरी, प्रदेश विभागको पदाधिकारी वा सदस्यको हकमा कम्तीमा स्नातक गरेको वा ५ वर्षे अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी पालिका विभाग प्रमुखमा पनि सोही कुरा लागु हुनेछ । पालिका पदाधिकारी वा सदस्यहरूको हकमा भने कम्तीमा प्लस टु अध्ययन गरेको हुनुपर्ने वा दुई वर्षको अनुभव चाहिने मापदण्ड तोकेको छ ।

यसअघि प्रदेश समितिका सदस्य, प्रमुख पदाधिकारी हुने कुरा जटिलता भएकाले पछिल्लो निर्णय लागु गर्ने जान्नेलाई छान्ने नीति लिएको महासचिव मुकुन्द ढकालले जानकारी दिए । यो मापदण्डपछि रवि लामिछानेको योग्यताका विषयमा चासो छ ।

तर, यो मापदण्ड लागु भएपनि रवि लामिछाने अध्यक्ष पदबाट हट्ने छैनन्। उनका लागि मापदण्डमा नै ब्यवस्था मिलाईएको छ। ‘सम्बन्धित विषयमा असाधारण सफलता हासिल गरेको हुनुपर्ने’ मापदण्ड रवि कै लागि राखिएको हो। पार्टीको खोलेको ६ महिनामै २० सांसद जितेर प्रतिनिधि सभामा प्रवेश गरेको प्रतिभा देखाएर उनलाई अध्यक्ष बनाउन यो मापदण्ड राखिएको पार्टीका नेताहरु वताउँछन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.