No.1 News Portal from Sudurpashchim Province
bajaj

ओस्कार अवार्ड जितेका फिल्म निर्देशक वुडी एलेनमाथि छोरीले लगाइन् यौन शोषणको आरोप

लसएञ्जल्स। चार पटक ओस्कार अवार्ड जितेका फिल्म निर्देशक वुडी एलेनमाथि उनकी छोरीले यौन शोषणको आरोप लगाएकी छन् । एलेनले आफ्नै सौतेनी छोरी सुन–यी प्रेभिनसँग विवाह गरेका थिए । उनीमाथि अन्य छोरीले यौन शोषणको आरोप लगाएका हुन् ।

फक्स न्यूजअनुसार सन् २०२०मा ड्रुको टक शो ‘द ड्रुव बैरीमोर शो’मा वुडीको सौतेली छोरी डाइलन फैरो अतिथीका रुपमा आएकी थिइन् । शोमा उनले आफूमाथि पिताले यौन शोषण गरेको खुलासा गरेकी हुन् । उनले आफू सात वर्षको हुँदा वुडीले यौन शोषण गरेको बताएकी छन् । यो खुलासापछि ड्रुवले वुडीसँग काम गरेर पछुताएको उल्लेख गरेकी छन् ।

सन् १९८० मा वुडी र मिया सम्बन्धमा थिए । वर्षौसम्म सहकार्य गरेपछि सन् १९९२ मा अचानक वुडीले सुनसँग आफू सम्बन्धमा रहेको खुलासा गरेका थिए । सुन उनीभन्दा ३५ वर्ष कान्छी छिन् ।

pm office

सुन–यी मियाकी धर्मछोरी हुन् । जसलाई उनले आफ्नो पहिलो सम्बन्धको समय अपनाएकी थिइन् । वुडीको खुलासाको पाँच वर्ष पछि सुनसँग विवाह गरेका थिए । सुनले कैयौंपटक आफ्नो आमा मिया र वुडी सम्बन्धमा रहे पनि वुडी आफ्ना लागि कहिल्यै पिता नभएको बताएकी थिइन् ।

मियाले पति वुडी र धर्मछोरी सुनबीचको सम्बन्ध वुडीको घरमा छोरीको नग्न तस्वीर भेटेपछि थाहा पाएको जनाएकी छन् । त्यसपछि उनले वुडीसँग आफ्नो सम्बन्ध तोडेकी थिइन् । यद्यपि वुडीले भने छोरी डाइलनलाई मियाले भड्काएको र सुनसँगको सम्बन्धका कारण मिया आफूविरुद्ध उत्रिएको आरोप लगाएका छन् । द कनेक्टिकट स्टेट अटर्नीले यो मामलाको अनुसन्धान गरे पनि वुडीविरुद्ध कुनै मुद्दा दर्ता गराएन ।

अटर्नीले यो मुद्दालाई चाइल्ड सेक्सुअल अब्यूज क्लीनिक अफ येललाई सुम्पिदियो । तर येलले पनि कुनै प्रमाण नभेटेपछि मिया फैरोलाई दोषी ठहर्‍यायो ।

वुडी र मियाले एक छोरा मोसेज र छोरी डाइलनलाई अंगालेका थिए । यसबाहेक दुवैको एक बायोलोजिकल सन्तान सैचल पनि छ । अदालतमा वुडीमाथि यौन शोषको आरोप साबित नभएपछि उनले आफ्ना तीन सन्तानलाई कस्टडीमा राखेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.