No.1 News Portal from Sudurpashchim Province
bajaj

जनाताको सेवामा अहोरात खटदै वडा अधक्ष्य भट्ट

गोकुलेश्वर। विश्वव्यापी माहामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस रोकथाम तथा न्युनिकरणका लागि दोगडाकेदार गाउँपालिका वडा नम्वर ४ ले आफ्ना गतिविधिहरुलाई तीव्र पारेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्युनिकरणका लागि विभिन्न माध्यमबाट जनचेतानमुलक गतिविधिका साथै आवश्यक अन्य कार्यक्रम संचालन गरेको वडा नम्वर ४ का वडा अधक्ष्य सुरेन्द्र भट्टले सेतीकालीलाई जानकारी दिए ।

उनले भने सरकारले घोषणा गरेको लकडाउनलाई आत्मसाथ गर्दै आफ्ना गतिविधिलाई संचालन गरिरहेको बताए । कोरोना भाइरस सम्बन्धी उत्पन्न हुने परिस्थितिलाई आंकलन गरेर आफ्नो वडामा ६ शैय्याको  आइशोलेसन कक्ष निमार्ण गरिरहेको र वडाका सबै स्वास्थ्य स्वयंसेविकाहरु र कर्मचारीहरुलाई वडाका विभिन्न स्थानमा परिचालन गरि समुदायलाई सचेतना गराइरहेका  बताए ।

pm office

कामको सिलसिलामा अलपत्र परेकाहरुलाई त्यहाँका संस्थाहरुको सहकार्यमा राहत उपलब्ध गराइरहेको र घर आउन चाहानेहरुलाई सीमासम्म ल्याउनका लागि पहल गरिरहको वडा अध्यक्ष भट्टले बताए ।

नेपालका विभिन्न ठाउँमा रहेका व्यक्तिहरुलाई २ गाडी पठाइसकेको र अझै पनि रोकिएकाहरुका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसंग सम्वनय गरि घर ल्याउन लागेको अध्यक्ष भट्टले बताए ।

त्यसै गरि अक्सिजन ब्यवस्थापनका लागि विभिन्न निकायहरु संस्थाहरुलाई आग्रह गरिएको र आफ्नो व्यक्तिगत तर्फबाट अक्सिजन सिलीण्डर खरिद गर्ने बताए । अस्ति मात्रै भारतमा रहेका १३ जनालाई राहत वितरण गरेको र आफ्नो सम्पर्कमा आएकाहरुको समस्या बुझेर समस्या परेकाहरुलाई सहयोग गरिरहेको अधक्ष्य भट्टले बताए ।

त्यसैगरि गाउँपालिकामा रहेका सम्पुर्ण सवारी साधनहरुलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको र जसलाई जुन ठाउँमा समस्या पर्छ त्यही सहयोग गर्ने वडा अधक्ष्य भट्टले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.