
गोकुलेश्वर। दार्चुला जिल्लाको मार्मा गाउँपालिकाको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । कोभिड- १९ को संक्रमण बढ्दै गएको बेला गाउँपालिका अध्यक्ष जमनसिह धामीले चढ्दै आएको से १ झ २८५ नम्बरको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ ।
गाउँपालिकाको एम्बुलेन्स कोरोना संक्रमित बोक्न प्रयोग हुने भए पछि संक्रमितबाहेकका विरामी बोक्न गाउँपालिकाको गाडी प्रयोग गर्न दिईने गाउँपालिका अध्यक्ष धामीले जानकारी दिए। गाउँपालिकाको गाडीले निःशुल्क रुपमा बिरामी ओसारपसार गर्ने गाउँपालिकाले जनाएको छ ।



