गोकुलेश्वर। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दार्चुलाले सङ्गठन विस्तारको अभियानलाई तीव्रता दिएको छ ।

एकीकृत समाजवादी पार्टीको संरचना निर्माणका लागि पहिला जिल्ला कमिटी गठन गरी नगर र गाउँपालिका हुँदै वडा कमिटीसम्म जनवर्गीय सङ्गठन निर्माणको अभियानलाई तीव्रता दिएको छ ।
सोही अनुरुप बुधबार (हिजो) जिल्लाको अपिहिमाल गाउँपालिका —५ मा अमित सिंह ठगुन्नाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
यसैगरी उपाध्यक्षमा अप्सरा धामी, सचिवमा रामसिंह धामी, सहसचिवमा प्रकाश सिंह धामी र गोविन्द राम टमटा रहने गरि २५ सदस्यीय वडा कमिटी गठन गरेको एकीकृत समाजवादी जिल्ला कमिटी उपाध्यक्ष रुक्मती जागरिले बताइन् ।



