- दिपक बिष्ट
न त हाम्रो पिडा सरकारले बुझ्छ न त दैवले नै ! देश अहिले आशिंक बन्दा बन्दीको अवस्थामा रहेकाले सम्पूर्ण शैक्षिक संस्थाहरू पनि बन्द भएका छन । तर शैक्षिक संस्थाहरुले पठनपाठन प्रभावित नहोस भन्नका लागि भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गरीरहेका छन ।
दुर्गम भेगमा फोन गर्न त रुखमा चढ्नुपर्ने बाध्यता छ भने नेट उपलब्ध हुनु र अनलाइन माध्यमबाट कक्षा लिनु त परको कुरा । ग्रामिण भेगमा पहिलो कुरा त बिजुलीको समस्या छ । जेनतेन बिजुलीको व्यवस्था भईहाले पनि ग्रामिण भेगमा नेट आउनु त सपना जस्तै मानिन्छ ।

पढाईकै लागि बेला बेला बिभिन्न समस्याहरूलाई छिचोल्दै राजधानी आउनु पर्ने अनि त्यसमाथि पनि कहिले हडताल, तालाबन्दी जस्ता विविध समस्या विद्यार्थीहरुले सामना गर्नुपरेको छ । त्यसको प्रत्यक्ष असर आम विद्यार्थी वर्गको शिक्षण सिकाईमा पर्न गएको छ भन्ने कुरामा सायद दुई मत नहोला ।
कोरोना भाइरसको त्रासले बिद्यार्थीको शारीरिक र मानसिक अवस्था शिथील बनेको देखिन्छ । कोरोनाको तेश्रो लहरको चेतावनी आईरहेका वेला कतिपय स्थानमा लकडाउन र निषेधाज्ञा जारी नै रहेको छ । भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गरिएपनि सरकारले परीक्षा भने भौतीक उपस्थितीमा गर्नुपर्ने निर्णय गरेको अवस्थामा परिक्षा दिनको लागि मात्र राजधानी जानु पर्ने बाध्यता एकातिर छ भने अर्को तर्फ बर्षातमा यात्रा गर्नु त्यती सहज र चानचनुे बिषय पक्कै होईन ।
अन्ततः परीक्षाको लागी राजधनाी जानै पर्छ । त्यसपछि मैले साथीलाई फोन गरेर भने परिक्षाको तालिका आइसकेको छ । कहिले जाने राजधानी भनेर सोधे । उसले तर्सिदै भन्यो यस्तो अवस्थामा कसरी जाने ? मलाई त थाहै थिएन अनि कसरी दिने त परीक्षा ? मेरो साथी अली हड्बडीएर केही कुरा भन्दै थियो ।
देशका दुर्गम भेग, जहाँ सञ्चार सुविधा छैन । त्यहाँका सबै विद्यार्थीले भोग्नुपर्ने नियती हो यो । त्यसैले यी र यस्ता गम्मभीर सवालमा राज्यको तत्काल नजर परोस ।



