No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरमा जिप दुर्घटना,बगजेवाला भीरले निल्यो ६ जनाको ज्यान

मालिकार्जुनको जात्रा हेरेर फर्केका थिए

गोकुलेश्वर। दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छभने७ जना घाइते छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका-६ काे बग्जेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

pm office

जिल्ला प्रहरी कार्यालय दार्चुलाक प्रहरी नायव उपरीक्षक(डिएसपी) प्रकाश दाहालका अनुसार दुर्घटनामा ६ जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा भारतको विजनौर जिल्ला मुवारकपुर युपी वर्ष ५४ का मोहमद सफिर,युपीकै वर्ष १८ का मोहमद वर्सम ,शैल्यशिखर नगरपालिका-९ नक्तड वर्ष ४५ का दिलिप बिस्ट, शैल्यशिखर-५ लेक्कगाउ बर्ष ३० का विरेन्द्र रावर र सोही ठाउकी २८ वर्ष कि शान्ती रावल र बैतडीको डिलाशैली गाउपालिका-५ नगराउ वर्ष १५ का सुजिव बोहराको रहेका छ्न ।

अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेकाे हुनसक्ने भएकाले खाेजी भइरहेको छ ।

मालिकार्जुन मन्दिरमा लागेकाे जात्रा हेरेर गाेकुलेश्वरतर्फ आइरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेकाे हाे ।जिप सडकबाट करिब १०० मिटर तल खसेको छ

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.