No.1 News Portal from Sudurpashchim Province
bajaj

नाइजरमा एम्बुसमा परेको सेनाको उद्धार गर्न गएको हेलिकप्टर नै दुर्घटना, २४ सैनिकको मृत्यु

गोकुलेश्वर । नाइजरमा एम्बुसमा परेका सेनाको उद्धारका लागि गएको हेलिकप्टर सोमबार दुर्घटना हुँदा जम्माजम्मी २४ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

अबुजाबाट २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको अल जजीराले उल्लेख गरेको छ ।

नाइजर राज्यको शिरोरो स्थानीय सरकारी क्षेत्रको चुकुबा गाउँमा सशस्त्र डाकुहरूको एम्बुसमा परेर घाइते भएका र मारिएका सिपाहीहरूलाई उद्धार गर्न सो हेलिकोप्टर परिचालन गरिएको थियो ।

pm office

नाइजेरियाली सेनाका प्रवक्ता मेजर जनरल एडवर्ड बुबाले बिहीबार अबुजामा आयोजित पत्रकार सम्मेलनका क्रममा सो घटनाको पुष्टि गरे ।

उनले दिएको जानकारीअनुसार दुर्घटनाको समयमा विमानमा १४ जना सैनिक सवार थिए। त्यसैगरी सात जना अन्य घाइते रहेको थिए। जसमा दुई जना विमान चालक थिए भने दुई जना चालक दलका सदस्य ।

स्थानीय समाचारअनुसार हेलिकोप्टर चुकुबामा दुर्घटना हुनुअघि डाकुहरूले मारिएका सुरक्षाकर्मीको शव निकाल्दै थियो । स्रोतहरूले जनाएअनुसार सशस्त्र व्यक्तिहरूले अत्याधुनिक हतियार बोकेका थिए जसबाट हेलिकोप्टरमाथि आक्रमण गरिएको हुनसक्छ ।

प्रिमियम टाइम्सका अनुसार स्थानीय आउटलेटडोगो गिडे, डाकुहरूको समूहको कुख्यात नेता जसले नाइजर र चाडको देशहरूको सिमानामा उत्तरपश्चिमी नाइजेरियाका केही भागहरूमा आतङ्क माच्चाएका छन् । आक्रमणको जिम्मेवारी पनि सोही समूहले लिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.