No.1 News Portal from Sudurpashchim Province
bajaj

दुबईबाट इराक जान लागेको विमानमा भालु दौडेपछि…

गोकुलेश्वर । दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्किएको छ । उडान भर्नु ठिक अघि विमानबाट भालु निस्किएपछि विमानस्थलमा खैलाबैला मच्चिएको छ ।

pm office

यसै कारण विमानले उडान भर्न एक घण्टा ढिलो गर्यो । उडान भर्न समय लागेपछि विमानका क्याप्टेनले यात्रीसँग माफी मागेका छन् । घटना शुक्रवारको हो । इराकका प्रधानमन्त्रीले घटनाको छानविन गर्न आदेश दिएका छन् । यस्तै, इराकको एयरलाइन्सले यसमा आफ्नो केही गल्ती नभएको बताएको छ । आफूहरूले भालुलाई बेहोस बनाउन दुबईका अधिकारीलाई पूरा सहयोग गरेको बताए ।

यसो गर्दा पनि भालु विमानको कार्गोबाट कसरी निस्कियो भन्नेबारे आफूलाई थाहा नभएको इराकको एयरलाइन्सले बताएको छ । भालुलाई दुबईबाट बगदाद लैजान लागिएको थियो इराक एयरवेजका अनुसार भालुलाई दुबईबाट बग दाद लैजान लागिएको थियो । भालुलाई ट्रान्सपोर्ट गर्नका लागि इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनका सबै मापदण्ड पालना गरेको एयरलाइनले बताएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.