No.1 News Portal from Sudurpashchim Province
bajaj

कानमा कराएको निहुँमा खुकुरी प्रहार, महिला गम्भीर घाइते

गोकुलेश्वर । उत्तरी धादिङको खनियाबास गाउँपालिकाको वडा नम्बर ४ दार्खामा धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।

pm office

कानमा आएर कराएको निहुँमा आइतबार दार्खामा ३० वर्षीय सागर पौडेलले ३५ वर्षीया अञ्जु सिंखडालाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

किन कानमा आएर कराएको भन्दै टाउको, खुट्टा, हातलगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गर्दा अञ्जु गम्भीर घाइते छिन् ।

‘उनलाई गाउँकै स्वास्थ्य संस्थामा उपचारपश्चात् थप उपचारका लागि काठमाडौं लगिएको छ । खुुकुरी प्रहार गर्ने पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको र जिल्ला प्रहरी कार्यालय धादिङबेँसी ल्याइँदै छ,’ एसपी मिश्रले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.