No.1 News Portal from Sudurpashchim Province
bajaj

एक अनौठो रोग : जसले गर्दा मानिस खाना खाएपछि रुन थाल्छन्

गोकुलेश्वर । कुनै चोटपटक वा कुनै पीडाहुँदा सामान्यतया मानिसको आँखाबाट आँसु आउछ । तर, रूनु बाहेक कहिलेकाही खुसीमा पनि आँखाबाट आँसु आउँछ ।

pm office

तर, के कहिले सुन्नु भएको छ कि खाना खाँदा मानिस रून थाल्छ? सायद कमैले । खाना धेरै तातो वा अमिलो पिरोहुँदा आँखाबाट आँसु आउनु स्वभाविक कुरा हो । संसारमा एउटा यस्तो रोग छ, जुन खाना खाएपछि मानिसको आँखाबाट आँसु आउछ। यो एक प्रकारको रोग हो, यसलाई ‘क्रोकोडाइल टियर सिन्ड्रोम’ भनिन्छ ।
खाना खाँदा मानिसको आँखाबाट आँसु आउनु ‘क्रोकोडाइल टियर्स सिन्ड्रोम’ रोगको कारण हो। यस सिन्ड्रोमबाट पीडित व्यक्तिको रूनुको खानाको स्वाद वा तिर्खासँग कुनै सरोकार हुँदैन । न त मसालेदार खानाको कारणले यस्तो हुन्छ ।
यसको कारण ‘लैक्रिमल ग्रन्थि’ हो। यस ग्रन्थीमा नराम्रो प्रभाव परेमा यो सिन्ड्रोम स्वतः उत्पन्न हुन्छ र त्यस्ता रोगीहरूले खाना खाँदा आफूमाथि नियन्त्रण राख्दैन । यो सिन्ड्रोमलाई गुस्टो लक्रिमेसनपनि भनिन्छ ।
अडिटिटी सेन्ट्रलको रिपोर्ट अनुसार चीनमा झाङ नामका व्यक्ति यो रोगबाट पीडित छन्। 

जब उनले मुखमा खानाको टुक्रा राख्छन्, उनको आँखाबाट आँसु बग्न थाल्छ ।
रिपोर्टका अनुसार झाङ क्रोकोडाइल टियर सिन्ड्रोम हुनुअघि ‘फेसियल प्यारालाइसिस’बाट पीडित थिए। यो गम्भीर रोगबाट बाहिर निस्कदै गर्दा उनलाई अर्को रोगले सताएको थियो ।
रिपोर्टका अनुसार विश्वभरबाट करिब ९५ जना यस रोगबाट पीडित छन्। यो चिन्ताको विषय हो कि डाक्टरहरूसँग यो रोगको कुनै सही उपचार छैन । एजेन्सीको सहयोगमा

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.