No.1 News Portal from Sudurpashchim Province
bajaj

गलैनाथ माविको भवन निमार्णका लागि त्रिपक्षिय सम्झौता

गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिकामा भारतिय दुतावासको सहयोगमा विद्यालयको भवन निर्माण हुने भएको छ ।

शैल्यशिखर—८ स्थित गलैनाथ माध्यमिक विद्यालयको भवन भारतिय दुताबासको सहयोगमा निमार्ण हुने भएको हो ।

शुक्रबार (आज) भारत सरकारको सहयोगमा सञ्चालित साना विकास परियोजना अन्र्तगत गलैनाथ माविको भवन निर्माणका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,शैल्यशिखर नगरपालिका र भारतिय दुताबास बिच त्रिपक्षिय सम्झौता गरिएको छ ।

pm office

भवन निर्माणका लागि भारतिय दुताबासका फष्ट सेक्रेटरी करुण बंशल, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव प्रह्लाद कुमार कार्की र शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

भवन ३ करोड ९४ लाख ८३ हजार ७६५ रुपैयाँ लागतमा निर्माण गरिने छ । विद्यालय भवन निमार्णको ८० प्रतिशत आर्थिक जिम्मेवारी भारतीय दुतावासले बेहोर्ने छ ।

२०प्रतिशत आर्थिक जिम्मेवारी शैल्यशिखर नगरपालिकाले बेहोर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

भारतीय सरकारले विद्यालयको भवन निर्माणका लागि सहयोग गरेको उल्लेख गर्दै नगरप्रमुख धामीले नगरपालिकाको तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.