गोकुलेश्वर । झडपका क्रममा कारागारभित्र आगलागी भएपछि अहिले आगो निभाउन दमकल परिचालन गरिएको छ । कारागारभित्र ढुङ्गा हानाहान भइरहेको छ भने, बाहिरबाट कारागार भित्रबाट धुवा उडिरहेको देखिन्छ ।

झापाको भद्रपुरस्थित जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपसँगै कारागार भित्र आगलागी समेत भएको जानकारी प्राप्त भएको छ ।
प्राप्त जानकारी अनुसार कैदीबन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको र सोही क्रममा आगलागी समेत भएको हो ।
अहिले कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। थप विवरण आउन बाँकी छ ।



