No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा एक बर्षमा २७ जनाले गरे आत्महत्या

गोकुलेश्वर । दार्चुलामा आत्माहत्या गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाकोे तथ्याङ्क अनुसार एक बर्षको अवधीमा २७ जनाले आत्महत्या गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, डीएसपी तर्कराज पाण्डेयका अनुसार गत आर्थिक वर्षमा २४ जनाले झुण्डिएर र तीन जनाले विष सेवन गरी आत्महत्या गरेका छन् । आत्महत्या गर्ने मध्ये झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या सबैभन्दा बढी देखिएको छ ।

pm office

यसैबीच जिल्ला प्रहरी कार्यालय दार्चुलाले एक वर्षको अवधिमा जिल्लामा १ सय ३५ वटा मुद्दा दर्ता गरेको जनाएको छ । प्रहरीले कर्तव्य ज्यानका २, भवितव्य ज्यानका ३८, ज्यान मार्ने उद्योग एक, अभद्र व्यवहारका २९, फुटकर ज्यान अन्तर्गतका ५, जबरजस्ती करणीका ७, सवारी ज्यान ५, बहुविवाह एक, सट्टाबाजीका ४, नकबजनी चोरीका ३, ठगी १ र लागु औषधका ५ वटा मुद्दा दर्ता गरेको हो । गत वर्ष दर्ता भएका मध्ये ७७ वटा मुद्दा फछ्र्यौैट गरिएको डीएसपी पाण्डेयले बताए ।

दार्चुला प्रहरीले पाँच जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ । अदालतबाट सजाय भई फरार रहेका विभिन्न मुद्दाका पाँच जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, डीएसपी तर्कराज पाण्डेयले बताए ।

उनका अनुसार लागुऔषध चरेसका २ जना, जवरजस्ती करणीका २ र ठगी मुद्दाका १ जना गरी ५ जनालाई पक्राउ गरिएको हो । अझै विभिन्न मुद्दाका ३२ जना प्रतिवादी फरार रहेको प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.