गोकुलेश्वर । उडिरहेको जहाजभित्र यौन उत्पीडन गरेको आरोपमा भारतमा एक ब्यक्ति पक्राउ परेका छन् । भारतको राजधानी नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको जहाजमा यो घट्ना भएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उडानका बेला पेशाले प्रोफेसर रहेका पट्नाका रोहित श्रीवास्तवले एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप आरोप छ ।
महिला भने २४ वर्षीया डाक्टर रहेको सञ्चारमाध्यमले लेखेका छन् । यो घटना इन्डिगो एयरलाइन्समा २६ जुलाइका दिन भएको हो ।
महिला यात्रुको उजुरीपछि प्रहरीले ती प्रोफेसरलाई पक्राउ गरेको बताइएको छ । समाचार अनुसार दुवै यात्रु आसपासको सिटमा थिए । जहाज साढे ५ बजे साँझ उडेको थियो ।



